Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरलको कृषि बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १३ : ५२ मा प्रकाशित

लुम्बिनी जनरलको कृषि बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदवारीमा पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको