Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंककाे साधारण सभा सम्पन्न, सेयर संरचना परिवर्तन

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १६ : ४१ मा प्रकाशित

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंककाे साधारण सभा सम्पन्न, सेयर संरचना परिवर्तन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ सञ्चालन भएको हो । 

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ कराेड ४४ लाख २९ हजार ५ सय २ रूपैयाँ ५० पैसाकाे ५.७५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ सेयर संरचनालाई ५१.५ हुने गरी शेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।


 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको