Like us!
Follow us!
Connect us!
Watch us!

आज सातौँ योग दिवस मनाइँदै

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०७ : ३७ मा प्रकाशित

आज सातौँ योग दिवस मनाइँदै

योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने नाराका साथ यसवर्ष योगाभ्यास र योगबारे जनचेतना जगाउन दिवस मनाउने भएको हो ।

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष भने भर्चुअल रुपमा दिवस मनाइने छ । उनका अनुसार सातै प्रदेशमा भर्चुअलरुपमा योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । 

आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यासमा सहभागी गराइने उनको भनाइ थियो । 

सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यसवर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको