Like us!
Follow us!
Connect us!
Watch us!

अग्रवाल परिवार बेपत्ता, अर्बभन्दा बढी ऋण

पत्रपत्रिका

आइतबार, ०२ माघ २०७८, ०६ : ५२ मा प्रकाशित

अग्रवाल परिवार बेपत्ता, अर्बभन्दा बढी ऋण

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । 

अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अग्रवाल परिवार सम्पर्कविहीन बनेको सूचनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताए । सो सम्बन्धमा अझै औपचारिक उजुरी नपरेको र उजुरीपछि विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौँको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो । प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेला पारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको पत्रमा बैंङ्क, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नुपरेको उल्लेख गरिएको छ । 

सो पत्रमा उनीहरूले व्यवसाय सञ्चालनका लागि व्यक्तिगत र मिटर ब्याजको समेत ऋण लिएको र अचाक्ली ताकेता आएपछि तनाबमा परेकाले सम्पर्कविहीन हुनुपरेको उल्लेख छ। उनीहरूले पत्रमा मिटर माजीले ऋण लिन दिएको तनावले आत्महत्या गर्ने अबस्थामा पुगेकोसमेत उल्लेख गरेका छन्।

उनीहरूले आफूहरूको नाममा रहेको घर-जग्गाबाट ऋण असुली गर्न सक्नेसमेत पत्रमा उल्लेख गरेको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैङ्कले विभिन्न बैक तथा वित्तीय संस्थाबाट अग्रवाल परिवारले लिएको ऋणबारे लगत सङ्कलनको काम गरिरहेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भद्रले विभिन्न बैंकबाट लिएको ऋणबारे लागत सङ्कलन भइरहेको जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट बैक र एभरेष्ट बैङ्कले ग्राेनलाइनको दरबारमागस्थित शोरुममा बैंकको सूचना टाँस गरेका छन्। अग्रवाल परिवारले अन्य वित्तीय संस्था र व्यक्तिगत गरी एक अर्ब रुपियाँभन्दा बढी रकम तिर्न बाँकी रहेकोसमेत खुलेको छ।

कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रूपमा थिए । उनीहरू भागेर भारत पुगेको हुन सक्ने अनुमान गरिएको छ। नेपालका दूला मदिरा तथा बियर कम्पनीलाई समेत उनीहरूले करोडौंको उधारो तिर्न बाँकी रहेको हुन सक्ने अनुमान गरिएको छ। लाखौं पर्ने मदिराको व्यापारबाट घाटा भएको भने पनि उनीहरूले अवैध रूपमा रकम तेलो मुलुकमा पुन्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

कतिपय बैंकले कम्पनीको कारोबारका आधारमा बिनाधितो ऋण दिएका कारण सो कर्जा के हुने भन्ने अन्योल रहेको छ। कोमिड-१९ का कारण कारोबारमा समस्या देखाएका उनीहरूले कतिपय होटल र रेस्टुरेन्टबाट समेत रकम उठ्न बाँकी रहेको पत्रमा दाबी गरेका छन् । काठमाडौंबाट नौ जनाको परिवार सजिलै कसरी अन्य मुलुक पुगे भन्नेबारे विभिन्न शंका गरिएको छ।

(साे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको