Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारबाट सुरु भएको ‘नो भोट’ अभियानको ‘बाई प्रोडक्ट’ हो बालेन शाह: दिपेन्द्र अग्रवाल

लगानीकर्ताको आवाज

मंगलबार, ०७ असार २०७९, ११ : ०१ मा प्रकाशित

पूँजी बजारबाट सुरु भएको नो भोट अभियानको बाइ प्रोडक्टका रुपमा काठमांडौको मेयरमा बालेन्द्र साहको जन्म भएको बताउछन् पूँजी बजारका चर्चित एबं ठुला लगानीकर्ता दिपेन्द्र अग्रवाल । अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा अग्रवालले यस्तो बताएका हुन् ।

अर्थसंसारसंगको कुराकानीमा अग्रवालले भने ‘पूँजी बजारका नियामक निकाय र सरकारमा बसेकाहरुलाई बजारको ज्ञान नै छैन अब यिनिहरुलाई हटाएर क्यापेबल मान्छेहरु ल्याउनुपर्छ, त्यसैले सेयर बजारमा सुरु भएको नो भोट क्याम्पियनको बाइ प्रोडक्ट रुपमा बालेनको जन्म भयो’ । 

बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य स्वभाविक र अस्वभाविक नहुने उनको तर्क छ । ‘कुन कम्पनीको सेयर मूल्य कति हुन स्वभाविक भन्ने कुराको डिसाइड कसले गर्ने कि त सरकारले नै डिसाइड गर्दिन पर्यो कुनको मूल्य स्वभाविक अनि कुनको मूल्य अस्वभाविक भनेर’ उनले भने । 

अग्रवालसंग गरिएको भिडियो कुराकानीः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको