Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायो ४ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्ला त ?

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, ०७ : ४२ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायो ४ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्ला त ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (माघ २ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले यसअघि पनि पटक-पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएकाे हाे ।

बैंकले मेराे माइक्राेफाइनान्सकाे ८३ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६५ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ११ हजार २ सय ५४ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ४८४ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ४९४ रुपैयाँ

नागरिक लगानी काेष = ११८३ रुपैयाँ

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड = ६४० रूपैयाँ

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (माघ २ गते, आइतबार) बाट माघ ७ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र  आरएमडीसी लघुवित्तकाे सेयरमा न्युनतम एक हजार कित्ता, महुली लघुवित्तकाे सेयरमा न्युनतम ५ सय कित्ता र नागरिक लगानी काेषकाे सेयरमा भने न्युनतम एक सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स, महुली लघुवित्त र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

61e37f879768a.jpg 61e37f90058df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको