Like us!
Follow us!
Connect us!
Watch us!

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, ०८ : ४१ मा प्रकाशित

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदैछ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।

कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाए पनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफ बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको