Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा २० मेगावाट विद्युत् उत्पादन गर्दै तल्लो मोदी

आइतबार, १८ असार २०७४, १६ : ०० मा प्रकाशित

दशैंमा २० मेगावाट विद्युत् उत्पादन गर्दै तल्लो मोदी

अर्थ संसार,अर्थ संसार,काठमाडौँ–पर्वतको कुश्मा नगरपालिका– ८ परादीमा निर्माणाधीन २० मेगावाट तल्लो मोदि खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

आगामी असोजभित्रै उत्पादन थाल्ने लक्ष्य रहेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
 
हालसम्म बाँध, सुरुङ र इन्टेकको काम सम्पन्न भएको छ भने पावरहाउस निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । आयोजनाको सुरुङ, पावरहाउस, बाँध र इन्टेकलगायतका मुख्य काम अन्तिम चरणमा पुगेकाले आगामी असोजसम्ममा उत्पादन थाल्ने आयोजनाका प्रमुख पवनकुमार यादबले जानकारी दिए ।

हाल  पूर्ण क्षमतामा चौबिसै घण्टा काम भइरहेको प्रमुख यादवले सबै काम यही असारभित्रै सक्ने तयारीमा लागेको बताए ।गत  असोजमै उत्पादन दिने लक्ष्य रहेकामा भूकम्प र नाकाबन्दीका कारण निर्माण समय लम्बिएको हो ।

आयोजनाले बाँध, पावरहाउस र सुरुङको कामलाई प्राथमिकता दिएको छ । नदी सतहदेखि सुरुङसम्म पुग्ने क्षेत्रको काम सत्प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।मोदी गाउँपालिकास्थित पातीचौरबाट सुरु भई ४ हजार २ सय मिटर लामो सुरुङ कुश्मा नगरपालिाको चुवाको परादीमा टुंगिन्छ । सुरुंगको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।
आयोजना पूरा भएपछि वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको लागत रु ३ अर्ब ६० करोड अनुमान भए पनि निर्माण अवधि लम्बिएसँगै लागतमा पनि केही वृद्धि हुनसक्ने आयोजना प्रमुख यादवले बताए ।
 
मोदी इनर्जी प्रालिद्वारा निर्माणाधिन उक्त आयोजनाले मोदी गाउँपालिकास्थित देउपुर र तिलाहारमा बाँध सुरु भई ४ हजार २ सय मिटर लामो सुरुङमार्फत तिलाहार, दुर्लुङ र देउपुरहुँदै कुश्मा नगरपालिका– ८ चुवाको परादीमा पावरहाउस निर्माण गरिरहेकोछ ।
 निर्माण सम्पन्न भएसँगै असोज महिनामा २० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिने भएको छ । उक्त आयोजनाको २०६९ साउनदेखि निर्माणकार्य सुरु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको