Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेच्चले राेक्याे आजकाे महालक्ष्मी विकास बैंककाे साधारण सभा !

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, ०० : ०० मा प्रकाशित

सर्वाेच्चले राेक्याे आजकाे महालक्ष्मी विकास बैंककाे साधारण सभा !

सर्वाेच्च अदालतले आज (माघ ३ गते, साेमबार) हुने भनिएकाे महालक्ष्मी विकास बैंककाे वार्षिक साधारण सभामा राेक लगाएकाे छ । बैंककाे बीसाैँ वार्षिक साधारण सभा भाेलि बैंककाे केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेदेखि हुने भनिएकाे थियाे । तर सर्वाेच्चले साधारण सभा नगर्न बैंककाे नाममा अन्तरिम आदेश जारी गरेकाे छ । 

उच्च अदालत पाटनले यसअघिकाे महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा र निर्वाचन सम्बन्धी विषयमा अन्तरिम छलफल गर्नको लागि भाेलि साेमबारलाई पेशी तोकिएको स्थितिमा बैंककाे वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्बन्धित भएको हुँदा सविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त रिटकाे निवेदनको अन्तरिम आदेश सम्बन्धी छलफलको टुङ्गो नलागेसम्मका लागि महालक्ष्मी विकास बैंकको स्थगित भई पुनः आज (माघ ३ गते, साेमबार) मा गर्ने भनिएको साधारण सभा नगर्न नगराउन भनी उच्च अदालत नियमावली २०७३ को दफा ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेकाे हाे । 

यसअघि पनि गणपुरक संख्या नपुगेपछि बैंककाे पौष २५ गते, आइतबार हुने भनिएकाे सभा स्थगित भएको थियो । उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे । बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियाे ।

61e444c159c0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको