Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा कार्यालयहरु शुभारम्भ

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १४ : २७ मा प्रकाशित

लुम्बिनी विकास बैंकको थप दुई नयाँ शाखा कार्यालयहरु शुभारम्भ

लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले माघ ३ गतेदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ ।

नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख” लाइनस्थित तुल्सीपुर शाखा र ७९ औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोकस्थित ट्राफिक चोक शाखा रहेका छन् । 

दुई वटा नयाँ शाखाहरुको बिस्तारसँगै हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको