Like us!
Follow us!
Connect us!
Watch us!

गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइने : गभर्नर नेपाल

आइतबार, १८ असार २०७४, २१ : ५६ मा प्रकाशित

गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइने : गभर्नर नेपाल

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक गाउँपालिकामा बैंक स्थापना गरी वित्तीय गतिविधि बढाउने योजना रहेको बताउनुभएको छ ।

सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एन्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स कम्पनीलाई प्राप्ती गरेपछिको आज साँझ एकीकृत कारोबारको शुभारम्भ गर्दै उहाँले ग्रामीण क्षेत्रका जनतालाई पनि वित्तीय पहुँचमा पु¥याउन तथा स्थानीय तहमा पुँजी निर्माणका लागि बैंकको भूमिका रहेको बताउनुभयो ।

निर्धारित समयभित्र तोकिएको चुक्ता पुँजी वृद्धि गर्न बैंकलाई चुनौती रहेकाले वित्तीय संस्थाबीच एकीकरणको खाँचो औँल्याउँदै राष्ट्र बैंकले लिएको नीतिका कारण मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा करिब सात प्रतिशतले वृद्धि कायम गर्न सकिएको जानकारी गराउनुभयो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विभिन्न वित्तीय संस्थाको एकीकरणले व्यावसायिक क्षमता अभिवृद्धि भई केही ठूला परियोजना तथा उद्योग व्यवसायमा लगानी गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।

अब देशभर बैंकको शाखा ५३ पुगेको छ भने चुक्ता पुँजी रु पाँच अर्ब १८ करोड पुगेको छ । निक्षेप रु ३४ अर्ब ९७ करोड र कुल कर्जा रु ३१ अर्ब २२ करोड पुगेको छ ।

देशभर रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंकले यही असार मसान्तभित्र बैंकलाई अनिवार्य रु आठ करोडको चुक्ता पुँजी पु¥याउन निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको