Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सले प्रकाशन गर्यो दोस्रो त्रेमाससम्मको वित्तिय विवरण, सबै सूचक सकारात्मक

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १० : १२ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सले प्रकाशन गर्यो दोस्रो त्रेमाससम्मको वित्तिय विवरण, सबै सूचक सकारात्मक

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्ने फर्स्ट माइक्रोफाइनान्स दोस्रो कम्पनी हो । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३८.१० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५६ लाख १६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १२ करोड १५ लाख १३ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर १४ करोड ८८ लाख ३५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १० करोड २५ लाख ६८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १५ करोड २४ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको