Like us!
Follow us!
Connect us!
Watch us!

५८.८७ प्रतिशतले बढ्याे सांग्रिला बैंककाे नाफा, ईपीएस कति ?

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ०७ : १८ मा प्रकाशित

५८.८७ प्रतिशतले बढ्याे सांग्रिला बैंककाे नाफा, ईपीएस कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १६ करोड ४८ लाख ५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ४६.८१ प्रतिशतले बढेर ७९ करोड ५८ लाख ८३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ५४ करोड २१ लाख २३ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ६८.१६ प्रतिशतले बढेर ३७ करोड ४१ लाख २८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २२ करोड २४ लाख ७९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १८ करोड ४ लाख २६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ र जगेडा कोषमा ९३ करोड २५ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61e8bc89902d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको