Like us!
Follow us!
Connect us!
Watch us!

लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १२ : १९ मा प्रकाशित

लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने अनुसन्धानकर्ताको दाबी

हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । 

बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको