Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना प्रभाव : लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १८ : ५४ मा प्रकाशित

काेराेना प्रभाव : लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। 

आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ ।

परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको