Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंककाे नाफा बढ्दा ईपीएस घट्याे, वितरणयोग्य नाफा कति छ ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०८ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंककाे नाफा बढ्दा ईपीएस घट्याे, वितरणयोग्य नाफा कति छ ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ५८ करोड ६६ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने १९.३० प्रतिशतले घटेर २ अर्ब ४० करोड ६९ लाख २७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ९८ करोड २४ लाख २९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ३.२७ प्रतिशतले बढेर २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ३३ करोड १३ लाख १० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख ५४ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस)  १ रुपैयाँ ९७ पैसाले घटेर १७ रुपैयाँ ७४ पैसा कायम भएकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea17a975c36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको