Like us!
Follow us!
Connect us!
Watch us!

नम्बर वान बन्न फड्काे मार्दै एनआईसी एशिया, यस्ताे आयाे वित्तीय विवरण

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०८ : १७ मा प्रकाशित

नम्बर वान बन्न फड्काे मार्दै एनआईसी एशिया, यस्ताे आयाे वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ४० करोड २० लाख ६६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड ५ लाख ३७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ३२.८१ प्रतिशतले बढेर ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ३ अर्ब ९४ करोड ६८ लाख ६ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १२.५९ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ५ लाख ५५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३ अर्ब ३ करोड ८१ लाख ८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ५५ करोड ८ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको