Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्टको हकप्रद आजदेखि खुल्याे, कति दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०८ : ५७ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्टको हकप्रद आजदेखि खुल्याे, कति दिने आवेदन ?

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज माघ ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको