Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, ०७ : ५७ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई साधारणसभा डाकेको छ।  बैंकले असार १९ गते बुधबार गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा रहेको आफ्नो प्रधान कार्यालयमा आफ्नो सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ७ः१५ मा सुरु हुने भनिएको छ। 

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछन्। 
तेस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ।

बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने तय गरेको छ । जस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको