Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोेरेट डेभलपमेन्ट बैंकको नाफामा ६४२ प्रतिशतको उछाल

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ०७ : १२ मा प्रकाशित

कर्पोेरेट डेभलपमेन्ट बैंकको नाफामा ६४२ प्रतिशतको उछाल

कर्पोेरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा बैंकको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले  ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६४२.११ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ६४२ प्रतिशतले बढेर १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १६ लाख ५० हजार रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि १४२ प्रतिशतले बढेर १ करोड ८८ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ र जगेडा कोषमा १३ करोड १८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३४९ रुपैयाँ ४७ पैसा रहेको छ ।

बैंकले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6361c7f1563ab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको