Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट बैंकको साधारण सभा: मर्जर र वार्षिक प्रतिवेदन मुख्य मुद्दा

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ०७ : ४२ मा प्रकाशित

कर्पोरेट बैंकको साधारण सभा: मर्जर र वार्षिक प्रतिवेदन मुख्य मुद्दा

कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले पुस २८ गते आइतबार आफ्नो १७औँ वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ। यो सभा बिहान ७:१५ बजे बैंकको वीरगञ्जस्थित पर्सा कार्यालयमा हुनेछ। उक्त निर्णय पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

सभामा अन्य वित्तीय संस्था वा बैंकसँग मर्जर प्रक्रियालाई अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार दिने प्रस्ताव पेश गरिनेछ। साथै, बैंकले यो वर्ष सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुंगो लगाइनेछ।

साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने घोषणा गरिएको छ। त्यसैले, पुस १७ गतेसम्म सेयरधनीका रूपमा नाम दर्ता भएका व्यक्तिहरूले सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको