Like us!
Follow us!
Connect us!
Watch us!

वितरणयोग्य मुनाफामा एभरेष्ट बैंकको छलाङ, नाफा कति छ ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १२ : २३ मा प्रकाशित

वितरणयोग्य मुनाफामा एभरेष्ट बैंकको छलाङ, नाफा कति छ ?

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म बैंकले वितरणयाेग्य मुनाफामा छलाङ मारेकाे छ ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंककाे वितरणयाेग्य मुनाफा २६४.२८ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ११ लाख ७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे वितरणयाेग्य मुनाफा ६७ कराेड ५६ लाख १७ हजार रूपैयाँ रहेकाे थियाे ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.७९ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ९६ करोड १९ लाख ४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने १२.५० प्रतिशतले बढेर २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ८९ करोड ७ लाख ९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १२.७४ प्रतिशतले घटेर एक अर्ब १९ करोड ८९ लाख ८० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ३७ करोड ३९ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ११ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको