Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०७ : २४ मा प्रकाशित

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज

 एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज, असोज २३ गते बिहीबार रहेको छ। बैंकले भोलि असोज २४ गतेदेखि आफ्नो शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूलाई मात्रै यस वर्षको लाभांश प्राप्त गर्ने अधिकार हुनेछ।

बैंकले आगामी कात्तिक १२ गते बुधबार बिहान ११ बजे राजधानीको आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौँमा आफ्नो ३१औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

त्यसका साथै, साधारण सभाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा अन्य आवश्यक एजेन्डामा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको