Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, २० : २० मा प्रकाशित

वाणिज्य बैंकहरुमा लाभांश घोषणा गर्ने पहिलो  बैंक बन्यो एभरेष्ट

एभरेष्ट बैंक लिमिटेड गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांस घोषणा गर्ने पहिलो बैंक बनेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो।

आज  भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको  बैठकले १० प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो। 

अब नेपाल राष्ट्र बैंकबाट यस लाभासं स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

बैंकको हालको चुक्तापुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको