Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न आइएमई जनरल इन्स्योरेन्सको आग्रह

अर्थ संसार

सोमबार, १० माघ २०७८, ०८ : ५२ मा प्रकाशित

सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न आइएमई जनरल इन्स्योरेन्सको आग्रह

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुराेध गरेकाे छ ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४, को निर्देशन नं. १२(४) बमोजिम सञ्चालक लगायत आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन २ गते सोमबारभित्र जम्मा गर्न अनुराेध गरेकाे हाे ।

लगानीकर्ताले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकाे ग्लोबल आइएमई बैंक लिमिटेड, कान्तिपथ, काठमाडौंमा रहेकाे खाताको नाम Call in Advance र खाता नम्बर ०१०१०१०००५८६० मा रकम जम्मा गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ee19920d078.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको