Like us!
Follow us!
Connect us!
Watch us!

गायक कसपालको मौसम बेइमानी सार्वजनिक (भिडियोसहित)

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ०८ : ४० मा प्रकाशित

गायक कपिल कसपालले मौसम बेइमानी गीतको म्युजिक भिडियो सार्वजनिक गरकेका छन् ।

गीतमा गायक कसपाललाई चर्चित गायिका देबिका बन्दनाले साथ दिएकी छन् । गीतको शब्द संचारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठको रहेको छ भने सङ्गीत निल शाक्यले दिएका छन् । गीत स्टुडियो साउन्ड मिलमा रेकर्ड भएको हो । मिक्सिङ, मास्टरिङ, रेकर्डिङ महेस्वरमान राजभण्डारीले गरेका हुन् ।

रागरागिनी इन्टरटेन्मेन्टको प्रस्तुति तथा ज्योती म्युजिकको सहकार्यमा निर्माण भएको गीतको निर्माता रामगोपाल श्रेष्ठ रहेका छन । म्युजिक भिडियोको बिश्वास बज्राचार्यले गरेका छन् । गीतमा मोडेल सुधिर श्रेष्ठ र बिना राउतको नृत्य रहेको छ । म्युजिक भिडियोको कोरियोग्राफी निशिला शाक्यले गरेकी छन् । मौसम बेइमानीका अडियो भिडियोसम्बद्ध सम्पूर्णको उपस्थितिमा केक काटेर मौसम बेइमानी गीत सार्बजनिक गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको