गायक तथा पत्रकार बिक्रम सुनारको एकल गित भनेजस्तो होस सार्वजनिक भएको छ । सुनारको स्वरमा रहेको एकल गित आज युटुब मार्फत सार्वजनिक गरिएको हो ।
गितमा बिक्रम सुनारको स्वर रहेको छ । त्यस्तै गितको शब्द संगित भुवन विकको रहेको छ । भुवन विकले नै एरेन्ज गरेको गितमा कमल थापाले मिक्सिङ गरेका छन् । गितको भिडियोमा गोविन्द विवश, अजय आर्यन, सुवि मैनाली, भवन विक र बादल थापाको अभिनय रहेको छ । सुनारले यसअघि पनि निगाली झाँपो, प्रदेशीको पिडा, रोइला गीत पनि बजारमा ल्याइसकेका छन् ।
उनी नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिको सचिव हुन् भने प्रेस चौतार नेपालका पनि एशोसिएट प्रदेश कोषाध्यक्ष हुन् । विगत एक दशकदेखि संचार क्षेत्रमा आवद्ध सुनार हाल आर्थिक पत्रकारीतामा सक्रिय छन् । उनले बागलुङको स्थानीय रेडियो, टेलिभिजनमा पनि काम गरिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस