Like us!
Follow us!
Connect us!
Watch us!

‘यो मन त मेरो नेपाली हो’ फ्लिमको शीर्ष गीत सार्वजनिक

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १६ : ४७ मा प्रकाशित

‘यो मन त मेरो नेपाली हो’ फ्लिमको शीर्ष गीत सार्वजनिक

यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक भएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।

जरसिंह पौवास्थित साँगा चोकमा  खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको । गीतले चलचित्रको कथावस्तु दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ । मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको