Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको नाफा २४ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १० : २० मा प्रकाशित

आशा लघुवित्तको नाफा २४ प्रतिशतले बढ्यो, ईपिएस कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.८१५ ले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड १६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५०.५० प्रतिशतले बढेर १७ करोड ५३ लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६६ लाख ३८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५२.२३प्रतिशतले बढेर १३ करोड ८५ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९ करोड १० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २० लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको