Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म सेयर कायम रहे आशा लघुवित्तको लाभांस सुरक्षित

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ०८ : ४८ मा प्रकाशित

आजसम्म सेयर कायम रहे आशा लघुवित्तको लाभांस सुरक्षित

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज तोकेको छ। 

कात्तिक २२ गते बिहीबार, छठको बिदा परेको र अरु दिन कारोबार नहुने भएपछि बुकक्लोज अघिको आज अन्तिम कारोबार हुन पुगेको छ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले  १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते काभ्रेपलाञ्चोकस्थित बनेपा–७ उग्रचण्डीमा दिउँसो ३ बजेदेखि सुरु हुने गरी वार्षिक साधारणसभा डाकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको