Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले संस्थापक समूहका २.७५ लाख सेयर बिक्रीमा राख्यो

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ०८ : २२ मा प्रकाशित

आशा लघुवित्तले संस्थापक समूहका २.७५ लाख सेयर बिक्रीमा राख्यो

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयर केवल संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी बिक्री खुला गरिएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको सेयरको संख्या र सोको मूल्य उल्लेख गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, साँगामा पेश गर्न सकिनेछ।

यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीले खरिदका लागि आवेदन नदिएमा, ती सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको