Like us!
Follow us!
Connect us!
Watch us!

सुधार देखियो आशा लघुवित्तको रिपोर्ट, खराब कर्जा भने बढ्यो

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ०७ : ३३ मा प्रकाशित

सुधार देखियो आशा लघुवित्तको रिपोर्ट, खराब कर्जा भने बढ्यो

राष्ट्र उत्थान लघुवित्तलाई एक्वायर गर्दै गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बढ्यो नाफा 

आशा लघुवित्त वित्तीय संस्थाले नाफा बढाएको छ। लघुवित्तले यस आर्थिक वर्षको चैत मसान्तसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गएको आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा १७.४८ प्रतिशत बढेको हो। 

बढ्यो ब्याज आम्दानी 

नाफा बढ्नुमा खुद ब्याज आम्दानी बढाउनु एक कारण बनेको छ। लघुवित्तले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधि सम्म लघुवित्तले १८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो ७१.५६ प्रतिशत बढेको हो। 

बढ्यो खराब कर्जा 

लघुवित्तले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ४८ लाख रुपैयाँ छुट्टाएको छ । जसका कारण लघुवित्तको खराब कर्जा  ४.९३ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।  

अरु सूचक 

वितरणयोग्य मुनाफा
१२ करोड ३३ लाख रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
२५ रुपैयाँ ६२ रुपैयाँ

प्रतिसेयर आम्दानी(ईपीएस) 
८.०७ रुपैयाँ

प्रतिसेयर नेटवर्थ
१५८.९९ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्तिको मूल्य
१ हजार ५६८.१० रुपैयाँ

मूल्य आम्दानी अनुपात
९१.११ गुणा

तरलता अनुपात
२.९९ प्रतिशत

चुक्ता पूँजी 
६४ करोड १६ लाख रुपैयाँ

जगेडा कोष
३७ करोड ८४ लाख

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको