Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १० : १९ मा प्रकाशित

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । 

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्यांकनका आधारमा  ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । 

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस  गर्न सक्नेछन् ।

आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

61f0cfc258524.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको