Like us!
Follow us!
Connect us!
Watch us!

६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन, शिक्षककाे काँधमा वडा सचिवकाे जिम्मेवारी !

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०९ : ४६ मा प्रकाशित

६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन, शिक्षककाे काँधमा वडा सचिवकाे जिम्मेवारी !

ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । 

फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तकाे भरमा छ ।

मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवकाे भरमा छ । उनले निमित्तकाे जिम्मेवारी सम्हालेकाे दुई महिना भयो ।

भट्टराई र  यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ मा निमित्त प्रमुख प्रशासकीय छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै नयाँ नपठाउँ समस्या भएकाे हाे ।

मेरिङदेन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । पाभीभरा याङवरक र सिदिङवा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीयविहीन छ ।

गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै सिरिजंगा गाउँपालिका पनि निमित्तकाे भरमा छ । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

स्थानीय तहमा नीति नियम र  कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । उनले भने, 'अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएका छाैं । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य सम्बन्धि ज्ञान छ । तर, प्रशासन सम्बन्धि प्रर्याप्त ज्ञान छैन । त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।'

योजना तर्जुमामा पनि समस्या हुने गरेको छ ।

छैनन् वडा सचिव पनि

६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव छैनन् । ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाएकाे छ । 

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउन भएकाे हाे । गाउँपालिकाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ सिरिजंगा गाउँपालिका वडा सचिवविहीन छ ।

७ वटा वडा रहेको फक्ताङलुङ गाउँपालिकामा तीन जना मात्र वडा सचिव रहेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताए । वडा सचिव नहुँदा स्वास्थ्थ क्षेत्रका अनमीलाई वडा सचिवको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मिक्वाखोला गाँपालिका गत महिना वडा सचिव सुरुवा भएर गएसँगै पालिकामा कार्यरत अन्य कर्मचारीलाई वडा सचिव जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको