Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्याेरेन्स : लाभांशमा अब्बल, लगानी सुरक्षित (कम्पनी विश्लेषण)

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, ०० : ०० मा प्रकाशित

नेशनल लाइफ इन्स्याेरेन्स : लाभांशमा अब्बल, लगानी सुरक्षित (कम्पनी विश्लेषण)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल कम्पनी ऐन सन् १९८८ र  बीमा ऐन सन् १९६८ अन्तर्गत बीमा समितिबाट बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी सन् १९८८ देखि देशको बढ्दो बीमा आवश्यकताहरू पूरा गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालनमा आएको जीवन बिमा कम्पनी हाे । 

कम्पनीकाे सेयर संरचना :

कम्पनीकाे वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नै छ ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा २६.७२ प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको थियाे । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २३.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

पहिलाे त्रैमाससम्म चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ, जगेडा कोषमा ९६ करोड ५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३० करोड ६५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेकाे छ ।

सेयर बजारमा नेशनल लाइफको स्थान

सेयर बजारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ३ कराेड ३९ लाख ८ हजार ८ सय ९६ कित्ता सेयर सूचिकृत छ । हाल (माघ १२ गते, बुधबारका अनुसार) नेप्सेमा यस कम्पनीको सेयरमूल्य एक हजार एक सय २० रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ४ सय ११ रूपैयाँ र न्युनतम ७ सय ८० रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य एक हजार ९४ रूपैयाँ ९८ पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल बढेको छ । 


 

कम्पनीकाे लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा लाभांश वितरणमा कम्पनी अब्बल नै देखिन्छ । सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई औषतमा राम्रै प्रतिफल दिँदै आइरहेको छ । 

कम्पनीकाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० मा ७२.५ प्रतिशत लाभांश (५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद गरि कूल ७२.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत बाेनस र १२ प्रतिशत नगद गरि कूल १४.५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

आर्थिक वर्ष २०७६/७७ काे लाभांश कम्पनीले आजै मात्र घाेषणा गरेकाे हाे । याे लाभांश बाहेक कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ८० कित्ता पुगेकाे छ ।कम्पनीकाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर लगभग ८ लाख रूपैयाँ पुगेकाे छ । नगद लाभांशबाट पनि लगानीकर्ताहरूले लगानीकाे दाेब्बर आम्दानी गरिसकेका छन् ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल कम्पनीकाे अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह रहेकी छिन् । कम्पनीकाे सञ्चालकमा कविराज अधिकारी, पवन बहादुर पाण्डे, भवानी राणा, कुलदिप सरण सिंह र महेश्वर प्रकाश श्रेष्ठ रहेका छन् ।

कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री छन् । खत्री यसअघि सोही कम्पनीमा निमित्त सीइओको रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो समयको अनुभव बटुलेका खत्री नेशनल लाइफ इन्स्योरेन्समा लामो समयदेखि आवद्ध छन् । बीमा समितिले यही जेठ ३ गते खत्रीलाई नियुक्त गर्न स्वीकृति दिएसँगै उनी जेठ ४ गतेदेखि लागु हुने गरी कम्पनीकाे सीईओमा नियुक्त भएका थिए । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्रीसँग २६ वर्षको अनुभव रहेको छ ।

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा नेशनल लाइफ इन्स्याेरेन्सलाई हेर्दा औषतमा कम्पनीले सेयरधीहरूलाई राम्राे प्रतिफल दिएकाे हुनाले लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् । कम्पनीकाे वित्तीय अवस्था पनि राम्राे छ । हाल कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १०८.५२ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० प्रतिशतसम्मलाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । तर नेशनल लाइफको सेयरमूल्य र प्रति सेयर आम्दानीको गणना गरेर पिई रेसियो निकाल्दा निकै महँगो मूल्य देखिन्छ । यति धेरै पिई रेसियो भएको कम्पनीको सेयरमा गरिएको लगानी जोखिमपूर्ण मान्नु पर्छ । तर हामीले लगानी गर्दा एउटा पक्षकाे आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको