Like us!
Follow us!
Connect us!
Watch us!

विमानस्थलका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १७ : ३३ मा प्रकाशित

विमानस्थलका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने

त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न  पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको