Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३ समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १३ : ०६ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३ समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाणले ती तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले यात्रुहरूले समस्या पाइरहेको गुनासो आएपछि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समाधानका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी पनि सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको