Like us!
Follow us!
Connect us!
Watch us!

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे आँकलन

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०७ : ५८ मा प्रकाशित

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे आँकलन

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुसु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी  दिएकाे छ ।

साेमबार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको