Like us!
Follow us!
Connect us!
Watch us!

लाईफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, १६ माघ २०७८, १० : ०१ मा प्रकाशित

लाईफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

लाईफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा  फागुन ११ गते एलआइसी शिक्षलय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको