Like us!
Follow us!
Connect us!
Watch us!

न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

अर्थ संसार

आइतबार, १६ माघ २०७८, १३ : ५९ मा प्रकाशित

न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित  फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो ।

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो । चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहकलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिएका छन् ।

उनी भन्छन, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन्। आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो।’ उक्त पसल १० करोडको लगानीमा सञ्चालनमा आएको सुनार बताउँछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको