Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढिसक्यो: मन्त्री चौधरी

अर्थ संसार

सोमबार, १७ माघ २०७८, ०६ : २९ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढिसक्यो: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताएका छन्।

मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताए।

निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उनले बताए।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए।

सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन।

आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ। ‘अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,’ उनले भने।

एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्चीमा आएको बाढी पहिराको क्षतिको विवरण, कारण र स्थायी समाधानका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीले बताए।

अध्ययन सकिएर आएको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइने उनको भनाइ छ।

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न चुस्त र दुरुस्त बनाउन मेलम्ची सहायक परियोजनाअन्तर्गत वितरणका लागि आवश्यक संरचना निर्माण भएको र अहिले परीक्षण भइरहेको उनले बताए।

‘वितरण प्रणालीको परीक्षण गर्न बाँकी रहेका ठाउँमा अहिले भइरहेको छ,’ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको