Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले पायो ‘ए नेगेटिभ’ रेटिङ

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १५ : ४७ मा प्रकाशित

सनराइज बैंकले पायो ‘ए नेगेटिभ’ रेटिङ

सनराइज बैंक लिमिटेडले ‘ए नेगेटिभ’ रेटिङ प्राप्त गरेको छ । बैंकलाई केयर रेटिङ नेपालले ‘ए नेगेटिभ’ रेटिङ्ग प्रदान गरेको हो ।  त्यसो त विगत ४ वर्षदेखि बैंकले निरन्तर रुपमा ए नेगेटिभको रेटिङ्ग प्राप्त गरिरहेको छ । यसले बैंकको वित्तीय अवस्था सवल र जोखिममुक्त रहेको जनाउँछ ।

 

‘ए नेगेटिभ’ रेटिङ्ग भएका संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनिकरण गर्दै लगेको बैंकले प्राप्त रेटिङ्गले थप पुष्टि गरेको जनाएको छ । आगामी दिनहरुमा अझ बैंकले आफ्ना परिसूचकहरू सशक्त र मजबुद पार्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको