Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टले आईएमई जनरलकाे २ लाख बढी कित्ता सेयर बेच्ने,बीमा समितिबाट पायो स्वीकृति

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १० : ३६ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टले आईएमई जनरलकाे २ लाख बढी कित्ता सेयर बेच्ने,बीमा समितिबाट पायो स्वीकृति

हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीकाे २ लाख ९ हजार ८ सय ९ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेकाे हाे ।

आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पाैष २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त सेयर बिक्रीका लागि अनुमति प्रदान गर्ने र साे सम्बन्धमा सम्बन्धमा कम्पनीको नियामक निकाय बीमा समितिमा स्वीकृतिका लागि पत्राचार गर्ने निर्णय भएकाे थियाे ।

बीमा समितिले माघ १६ गते सेयर बिक्री गर्न स्वीकृति प्रदान गरेकाे छ । बीमा समितिले ३ महिनाभित्र बिक्री कार्य सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएकाे छ । 

सूचना हेर्नुहाेस् :

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको