Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत सर्ट भएर साबुन उद्याेगमा आगलागी, ५० लाखको क्षति

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

विद्युत सर्ट भएर साबुन उद्याेगमा आगलागी, ५० लाखको क्षति

राजविराज नगरपालिका-७ मा संचालित छिन्नमस्ता साबुन उद्याेगमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।

सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा  संचालन गर्दै आएको साबुन उद्याेगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट उद्याेगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको