Like us!
Follow us!
Connect us!
Watch us!

शाखा अधिकृतको तलब १ लाख पुग्नुपर्छः अर्थमन्त्री

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १९ : ०० मा प्रकाशित

शाखा अधिकृतको तलब १ लाख पुग्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीहरुको तलब कम र अपर्याप्त भएको भन्दै शाखा अधिकृत तहका कर्मचारीहरुको तलब न्यूनतम १ लाख हुनुपर्ने बताएका छन् । 

उनले आज आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई आवश्यक तलब पनि दिन नसकेको समेत बताए ।

‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो, एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ’ उनले भने ‘सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्छ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको