Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक के हुन् ?

अर्थ संसार

विहीबार, २० माघ २०७८, १३ : १७ मा प्रकाशित

सेयर शिक्षा : नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक के हुन् ?

स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरुको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्य बीचको अनुपात नै बजार परिसूचक हो ।

सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्दछ । नेपाल स्टक एक्सचेन्जले प्रत्येक कारोबार भएको दिन यस प्रकारको परिसूचक गणना गर्दछ । यसलाई नेप्से परिसूचक भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०५३ मा व्यवस्था भएको शर्तहरु (चुक्ता पुँजी कम्तिमा रु. २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या १००० भएको, कम्तिमा तीन वर्षदेखी लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आ.व.को कारेबार विवरण तथा आय व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा वर्गिकृत गर्दै आएको छ । ‘क’ वर्गमा रहेका कम्पनीहरु लाई मात्र समेटेर गणना गरिने परिसूचक सेन्सेटिभ परिसूचक हो ।

यसैगरी सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुलाई मात्रै समावेश गरेर गणना गरिएको परिसूचक फ्लोट परिसूचक हो ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको