Like us!
Follow us!
Connect us!
Watch us!

४०.५७ अंकले घट्याे सेयर बजार : लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेप्से

आइतबार, २३ माघ २०७८, १५ : १२ मा प्रकाशित

४०.५७ अंकले घट्याे सेयर बजार : लगानीकर्ता पर्ख र हेरको अवस्थामा

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेप्से परिसूचक उच्च अंकले घटेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि घटेकाे छ ।

अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । सरकारले स्थानीय निर्वाचनकाे मिति ताेक्न ढिला गरिरहँदा लगानीकर्ताहरू पनि अहिले अन्याेलमा देखिन्छन् । देशकाे अर्थतन्त्र अत्यन्तै न्यून अवस्थामा रहेकाे समाचारहरू प्रकाशन भइरहेका छन् । सेयर बजारमैत्री राम्राे समाचारहरू आएकाे छैन । यस्ताे अवस्थामा लगानीकर्ताहरूलाई केही निर्णय लिनुभन्दा पर्खनु नै उपयुक्त लागेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेकाे छ । नेप्से १.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले घटेर ५३१.९२ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीकाे एक कराेड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । यस दिन सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ । 

आज पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५४ कराेड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्दैछ ।

आइतबार नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ७५ रूपैयाँ पुगेकाे छ । 

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ७ सय ६३ रूपैयाँ ३० पैसामा झरेकाे छ । लगातार सकारात्मक सर्किट लाग्दै आएकाे संस्थाकाे सेयरमूल्यमा आज भने नकारात्मक सर्किट लागेकाे हाे ।

हेराैँ आजकाे सेयर तालिका :

61ff967eaaca6.jpg 61ff968300e04.jpg 61ff9687e5b27.jpg 61ff968d8f15b.jpg 61ff9694ee9bb.jpg 61ff969abfc49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको