अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ ।
समितिले डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको हो । अब ५ जनामध्येबाट फेरि ३ जना सर्ट लिस्ट हुनेछन् । त्यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई बाेर्डकाे अध्यक्ष चयन गर्नेछ ।
अब यी ५ जनाले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्नेछ ।
अन्तवार्ताका लागि छनौट भएकाहरुमध्ये पनि रमेश हमालको सम्भावना बलियो रहेको बताइन्छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस