Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेकाे मध्य भोटेकोशी जलविद्युतकाे कस्ताे छ वित्तीय अवस्था ?

अर्थ संसार

बुधबार, २६ माघ २०७८, ०७ : ४४ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेकाे मध्य भोटेकोशी जलविद्युतकाे कस्ताे छ वित्तीय अवस्था ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ३ लाख ७० हजार रुपैयाँ नाेक्सानमा रहेकाे थियो ।

कम्पनीले हालसम्म विद्युत बिक्री गरेकाे छैन । 

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनी २ कराेड ७६ लाख २२ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी २ कराेड ४८ लाख १७ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे थियाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३२ पैसा पुगेको छ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे । 

उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको थियाे । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदककाे हात खाली भएकाे थियाे । 

कम्पनीकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) पाैष ८ गते, बिहीबार नेप्सेमा सूचिकृत भएकाे थियाे । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

6203234558f7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको