Like us!
Follow us!
Connect us!
Watch us!

लमजुङमा विद्युतको ३ करोड बक्यौता असुल्न बाँकी

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ०८ : ३४ मा प्रकाशित

लमजुङमा विद्युतको ३ करोड बक्यौता असुल्न बाँकी

लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । जिल्लामा उपभोक्ता समितिले बिजुली वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । 

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले ०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । ‘दुई पटक पत्राचार गरिसकेका छौं, बक्यौता तिर्न मानेको छैन,’ उनले भनिन् । लमजुङ विद्युत उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो ।

संस्थाले शुरुवातमा ३२ लाख, दोस्रो पटक २५ लाख तथा पछिल्लो समय सात लाख रुपैयाँ बक्यौता तिरेको गुरुङले जानकारी दिइन् । २०७२ सालमा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत उपभोक्ता संस्थाले तीन करोड १२ लाख र पश्चिम विद्युत उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको